बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 2.2K
    SHARES

  • सुनको मुल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो । 

    सोमवार, भाद्र २९ २०७७११:४४:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार