बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मोबाइल सेट र चामलको अस्वभाविक आयात बढ्यो

मोबाइल सेट र चामलको अस्वभाविक आयात बढ्यो

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 3.7K
    SHARES

  • मोबाइल सेट र चामलको अस्वभाविक आयात बढ्यो

    काठमाडौं । साउनमा मोबाइल सेटको आयात अस्वभाविक रुपमा बढेको देखिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनका अनुसार, साउनमा मोबाइल सेटको आयात करिब ७७ प्रतिशत बढेर रु. ४ अर्ब २६ करोड मूल्यको आयात भएको देखिएको हो। अघिल्लो वर्षको यही अवधिमा रु. २ अर्ब ४१ करोडको मोबाइल आयात भएको थियो।

    कोरोना भाइरसको संक्रमण विस्तार रोक्न लगाइएको बन्दाबन्दीका कारण चोरी पैठारी कम भएको तथा चैतयता झण्डै चार महीना ठप्प बजार साउन पहिलो साताबाट खुलेका कारण आयात ह्वात्तै देखिएको व्यवसायीहरूले बताएका छन्। 

    साउनमा करिब ४ लाख ७० हजार थान मोबाइल सेट आयात भएको थियो। नेपालमा वार्षिक करिब रु। १८ अर्ब बराबरको मोबाइल सेट आयात हुन्छ। 

    साउनमा चामलको आयात पनि ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। यो महिनामा मात्रै रु. २ अर्ब ३६ करोडको चामल आयात भएको देखिएको छ, जुन अघिल्ला वर्षको यही अवधिका तुलनामा ९५ प्रतिशत बढी हो। २०७६ को साउनमा रु. १ अर्ब २१ करोडको चामल आयात भएको थियो। 

    बन्दाबन्दीमा रोकिएको चामल आयात बन्दाबन्दी खुल्नेबित्तिकै एकैपटक आएको र खाद्यान्नको मागसमेत बढेका कारण आयात बढेको हो। 

    साउनमा अर्थतन्त्रमा पुँजीनिर्माण गर्ने अधिकांश वस्तुको आयात ह्वात्तै घटेको छ । यसले अर्थतन्त्र चलायमान छैन र आर्थिक क्रियाकलापहरू भइरहेको छैन भन्ने देखाउँछ। जस्तै, डिजेलको आयात करिब ६८ प्रतिशत घटेको छ। एमएस बिलेट (फलाम) को आयात करिब ४७ प्रतिशत घटेको छ। पेट्रोलको आयात करिब ३८ प्रतिशत घटेको छ।

    मन्त्रालयका अनुसार, साउनमा राजस्व १२ प्रतिशतले घटेर रु. ५८ अर्ब ८२ करोडमा सीमित भएको छ । २०७६ को साउनमा रु. ६६ अर्ब ८६ करोड राजस्व उठेको थियो।

    आयात खस्किएका कारण भन्सार महशुल १०.३ प्रतिशत, उपभोगमा कमी आएकाले मूल्य अभिवृद्धि कर १७.४ प्रतिशतले र अन्तशुलक १७.१ प्रतिशतले घटेका छन्। 

    साउनसम्ममा सरकारको ऋण रु। १३ खर्ब ७२ अर्ब ५९ करोड पुगेको छ। यसमध्ये वैदेशिक ऋण ७ खर्ब ५९ अर्ब ३८ करोड छ ।

    सोमवार, भाद्र २९ २०७७११:३६:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार