काठमाडौँ, फागुन १९
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० को नियमित परीक्षा एसइइमा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको हो ।
फारम २०७९ फागुन १९ गतेदेखि २०८० बैशाख १५ गते भित्र भर्ने भराउने कार्यका लागि सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश तथा शाखा कर्यालय तथा शिक्षा विकास निर्देशनालयहरुलाई जानकारी गराइएको सूचनामा उल्लेख समेत गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।