शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

जुगल–५ मा पहिरो, ८ घर पूर्ण रुपमा क्षति

जुगल–५ मा पहिरो, ८ घर पूर्ण रुपमा क्षति

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 4.4K
    SHARES

  • जुगल–५ मा पहिरो, ८ घर पूर्ण रुपमा क्षति

    चौतारा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ मा आएको पहिरोको कारण ८ घर पूर्ण रुपमा क्षति भएको छ । गएराति आएको अविरल वर्षाका कारण आएको पहिरोको कारण जुगल–५ का ८ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । 

    उनका अनुसार घटनामा कुनै मानविय क्षति भने भएको छैन् । त्यस्तै, गएराती नै बाह्रविसे नगरपालिका–७ मा गएको पहिरोको कारण १८ घर पुरिएका छन भने कयौं बेपत्ता रहेका छन् । 

    अहिले उद्दार कार्य जारी छ । प्रहरी प्रशासन, स्थायिन सरकारका जनप्रतिनिधिहरु, सोही क्षेत्रका राजनीतिक अगुवा लगायतहरुको जिल्लामा उपस्थित हुने क्रम बढेको छ । लगातारको वर्षापछि सिन्धुपाल्चोकमा यो वर्ष प्राकृतिक प्रकोपनि बढेको छ । ०३९ सालयताकै ठूलो वर्ष यो वर्ष भएको त्यहाँका स्थानियहरुले जनाएका छन् । 

     

    आइतवार, भाद्र २८ २०७७०७:२४:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार