काठमाडाैँ, फागुन ५
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो । निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुन:सुचारु हुने त्रिविले जनाएको छ ।
त्रिविले अहिले स्नातक प्रथम वर्षको भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । निर्वाचन कार्यतालिका आएसँगै भर्ना कार्यक्रम रोकिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।