काठमाडाैँ, माघ २३
त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ ।
स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन वर्षे स्नातक तह अन्तर्गत व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो ।
तीन वर्षे स्नातक तहका सबै कार्यक्रम बन्द भइसहेका छन् । हाल स्नातक तह चार वर्षे छ । कतिपय विद्यार्थीहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको सबै सैद्धान्तिक विषय उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र बाँकी रहेको भन्दै पनिकाले २०५३ साल देखिकालाई अन्तिम मौका दिइएको हो । सात वर्ष समय सीमा नाघी सकेका विद्यार्थीहरूको लागि मात्र यो व्यवस्था लागू हुने पनिकाले जनाएको छ ।
२०५३ सालदेखि भर्ना भएका तर प्रयोगात्मक परीक्षा मात्र रोकिएका सबै परीक्षार्थीले यो मौका पाउन लागेका हुन् । मौका परीक्षामा सहभागी हुन चाहनेले आगामी फागुन ९ गतेभित्र सम्बन्धित क्याम्पसमा परीक्षा फाराम भर्नुपर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।