काठमाडौँ, माघ ११
यस वर्ष (२०७९) को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ९ गते (बिहीबार)बाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । परीक्षा तालिका तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पेस गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस्तो प्रस्ताव गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार सम्भवतः यसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।
यस वर्षको एसईईमा सहभागी हुने ठ्याक्कै विद्यार्थी सङ्ख्या थाहा नभए पनि गत वर्ष कक्षा ९ मा पाँच लाख १३ हजारले रजिष्ट्रेसन फाराम भरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।