बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक

काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक

  • 1.0K
    SHARES

  • काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक

    काठमाडाैँ, पुस २०

    काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक लगाएको छ ।

    विभिन्न संघ–संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले पूर्व स्वीकृति बिना विद्यालयमा प्रवेश गराउन रोक लगाएको हो । शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना प्रवेश नगराउन भनेको हो । 

    विद्यालयमा धार्मिक संगठन,विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आउने गरेको विभागले जनाएको छ ।

    शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयबाट गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन भनेको हो ।  उक्त क्रियाकलापले विद्यालय शान्ति क्षेत्र को उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिथविधि प्रभावित भएको विभागले जनाएको छ । 

    बुधवार, पौष २० २०७९११:३१:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार