काठमाडाैँ, पुस १४
बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ ।
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् ।
बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्यको नाताले पद तथा गोपनियताको शपथ लिएका उनले अरु सांसदले बिहीबार शपथ गराउँदै छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।