काठमाडौँ । राजस्व संकलन गर्न नेपाल राष्ट्र बैंकले बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो।राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय निकायले निषेधाज्ञा जारी राखेका छन्। तर सरकारलाई बुझाउनुपर्ने अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ।
व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन सरकारसँग माग गरेका छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।