काठमाडाैँ, पुस १
चिसो मौसममा मधुमेहका बिरामीले आगो, हिटर ताप्दा धेरै नजिक बसेर नताप्न चिकित्सकहरूको सुझाव छ ।
मधुमेह तथा हर्माेन रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेहका बिरामीले आगो, हिटर नजिकैबाट ताप्दा चाँडो छालामा विभिन्न खालका छालामा समस्या देखिने सचेत रहन आग्रह समेत गरेका छन् । उनी भन्छन्,‘मधुमेहका बिरामीले आगो, हिटरको धेरै नजिक बस्नु हुँदैन । धेरै तातो पानीले खुट्टा धुनु हुँदैन साथै धेरै तातो पानीले भएको हट ब्यागको प्रयोग धेरै प्रयोग नगर्दा राम्रो हुन्छ ।
मधुमेहका बिरामीमा शरीरमा कुनै खालको घाउ भएका सफा पानीले सफा गरी स्वास्थ्यकर्मीलाई देखाउन उनको सुझाव छ । उनी भन्छन्,मधुमेहका बिरामीको खुट्टा भएको घाउ पुरा ठीक नहुन्जेलसम्म पुरा ध्यान दिनु पर्छ ।
खुट्टालाई घाउ,चोटपटकबाट बचाउन चप्पल,जुत्ता नलगाइ खाली खुट्टा नहिँड्न उनको सुझाव छ । ‘मधुमेहमा खुट्टामा जुत्ताले औँलाहरू धेरै कसिने गरी घाउ बनाउने किसिमले लगाउनु हुँदैन,जुत्ता लगाउनु भन्दा पहिले जुत्ता भित्र ढुङ्गा,किल्ला कीरा,कि भनेर हेर्नुपर्छ,उनी भन्छन्,मधुमेहका बिरामीले खुट्टामा फोका,घाउ भएको छ कि छैन भनेर ख्याल गर्न पर्ने हुन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।