बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा

जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा

मेगा खबर संवाददाता

२१, मंसिर २०७९
  • 985
    SHARES

  • जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा

    ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै ब्रोकली खानु मधुमेहका लागि पनि फाइदाजनक हुन्छ ।

    ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । धेरैले यसलाई हरियो काउली भन्छन् । ब्रोकलीले शरीरलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली धेरै तरिकाले खान सकिन्छ । ब्रोकली बच्चाहरुलाई पनि खुवाउनुपर्छ । ब्रोकलीको नियमित सेवनले शरीरमा धेरै रोग लाग्नबाट बचाउँछ ।

    तौल नियन्त्रण गर्छ

    ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ब्रोकली खाँदा छिटो भोक लाग्दैन । यसले तौल घटाउन सघाउने गर्छ । ब्रोकलीलाई हल्का भुटेर वा तरकारी बनाएर सजिलै खान सकिन्छ ।

    कलेजोका लागी लाभदायी

    ब्रोकली कलेजोका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकली नियमित खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा मिल्छ । ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

    प्रतिरक्षा बलियो बनाउँछ

    ब्रोकलीले शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।

    हड्डी बलियो बनाउँछ

    ब्रोकलीले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्रोकलीलाई सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । कतिले यसको सूप बनाएर पिउने गर्छन् ।

    गर्भावस्थामा लाभदायी

    ब्रोकली गर्भावस्थाको लागि धेरै लाभदायी हुन्छ । यसमा पाइने क्याल्सियमले बालबालिकाको हड्डीलाई मजबुत बनाउँछ र उनीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा महिलालाई कमजोरी महसुस हुँदैन । ब्रोकली खाँदा महिला तथा बालबालिका दुवै स्वस्थ रहन्छन् ।

    ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि तपाईंलाई कुनै रोग वा एलर्जी छ भने ब्रोकली सेवन गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस् । 

    बुधवार, मंसिर २१ २०७९१२:०३:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार