बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्र बैंकले १५० करोड लगानी गर्दै

राष्ट्र बैंकले १५० करोड लगानी गर्दै

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 4.1K
    SHARES

  • राष्ट्र बैंकले १५० करोड लगानी गर्दै

    काठमाठौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मध्ये यतिका रकमलाई निक्षेपको रुपमा बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो । 

    केन्द्रीय बैंकले २९१ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब २० करोड रुपैयाँ, विकास बैंकमा २२  करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ । 
     
    आगामी असोज  १ गतेदेखि २०७८ असार २० गतेसम्मका लागि सो बराबरको निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ । 

    यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले भदौ २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    nrb_laganii_wuZzHPVjaG.jpg

    आइतवार, भाद्र २१ २०७७०२:११:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार