शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ ।
यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ ।
केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा पठाइसकेको जानकारी दिँदै भने,हामीले तथ्यांक दिएका छौं आयोगले विज्ञापन गरेर नयाँ शिक्षकको आवेदन खुला गर्नेछ । शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम को ४ बमोजिम चालु शैक्षिक सत्रको असोज मसान्तसम्म विवरण पठाइसक्नुपर्ने व्यवस्था छ । सोही आधारमा केन्द्रले विवरण पठाएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।