काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।