बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा

मेगा खबर संवाददाता

७, मंसिर २०७९
  • 1.2K
    SHARES

  • परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा

    काठमाडाैँ, मंसिर ७

    परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

    मनमोहन मेडिकल कलेज,लिटिल एञ्जल कलेज,निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका छन् । 

    चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थाले । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०० पुर्याएको विद्यार्थीहरूको आरोप छ ।

    आईओएमले कुनै जानकारीबिनै शुल्क बढाएपछि चिकित्सा शिक्षा संघर्ष अभियानको संयोजनमा आन्दोलन थालिएको हो । अभियानमा महासचिव सौगात पाण्डेले परीक्षा शुल्क बढाएको विरोधमा डीनको कार्यालय अगाडि धर्ना दिन थालिएको बताए ।

    आफूहरूले शुल्क नबढाउन डीनको कार्यालयलाई जानकारी गराउँदै गराउँदै मागको बेवास्ता गर्दै शुल्क बढाएको उनको आरोप छ । शुल्क बढाएको विरोधमा विद्यार्थीहरूले आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ ।

    कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो । 

    विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई कलेज तथा डीन कार्यालयले कार्यान्वयन गर्ने र कलेजहरूले परीक्षा शुल्क काटेको रकमबाट सम्पूर्ण खर्च कलेजले नै ब्यहोरेर सञ्चालन गर्ने निर्णय गरेको थियो । आगामी दिनमा डीन कार्यालय र कलेजहरूले वैज्ञानिक रूपमा परीक्षा शुल्क अध्ययन गरी सो बढाउन÷घटाउनुपर्ने भएमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरेको थियो । 
    डीनको कार्यालयले जारी गरेको उक्त सूचनाले स्पष्ट जानकारी प्रदान नगरी विद्यार्थीको आवाजलाई मत्थर पार्ने काम भएको विद्यार्थीहरूको आरोप छ ।

    आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । 

    बुधवार, मंसिर ७ २०७९०१:४२:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार