काठमाडाैँ, कार्तिक १४
सिन्धुपाल्चोक जिल्लाबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण हुने भएको छ ।
इटालीको प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोने साल्भानिनि र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी, डी.एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको टोलीले पहिलो पटक नेपालबाट गाङ्छेँपो हिमाल आरोहण गर्न समेत लागेका छन् ।
दिगो पर्यटनद्वारा स्थानीय समुदायको विकास गर्न भन्दै शनिबार काठमाडौंबाट प्रस्थान गरेको टोली पाँचपोखरी थाङ्पाल गाँउपालिका पुगेका छन् । पहिलो पटक हिमाल आरोहण गर्न आउने पर्वतारोही टोलीहरुलाई गाँउपालिकाको प्रवेशद्धार खाल्डे खोलामा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्थानीयले स्वागत समेत गरेका थिए ।
६३७८ मिटर उचाईमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिन सम्म आरोहण गरि टोली फर्किने पाँचपोखरी थाङ्पाल गाँउपालिका पर्यटन तथा प्रर्वद्धनका सदस्य सचिव मुकुन्द पाण्डेले जानकारि दिए । सदस्य सचिव पाण्डेले पहिलो पटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्येमा ७ जनाले हिमाल आरोहण गर्ने र बाँकी बेस क्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने बताए ।
संघीय सरकारको अनुमति र पाँचपोखरी थाङ्पाल गाँउपालिकाको पहलमा गरिमा भोयज ट्राभल्सको नेतृत्वमा आरोहण हुन लागेको हो।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।