बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जुगलका नेता श्रेष्ठको पहलमा लिदी पहिरोबाट विस्थापितलाई टेन्ट हस्तान्तरण

जुगलका नेता श्रेष्ठको पहलमा लिदी पहिरोबाट विस्थापितलाई टेन्ट हस्तान्तरण

मेगा खबर संवाददाता

१७, भाद्र २०७७
  • 2.4K
    SHARES

  • जुगलका नेता श्रेष्ठको पहलमा लिदी पहिरोबाट विस्थापितलाई टेन्ट हस्तान्तरण

    काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरु ८ थान टेन्ट हस्तान्तरण गरिएको छ । नेकपा, जुगलका नेता तथा समाजसेवी चिनलाल श्रेष्ठको विशेष पहलमा टेन्ट हस्तान्तरण भएको हो । 

    लिदी पहिरोबाट विस्थापित भएकाहरु अहिले जुगल–१ को बाँसखर्कमा स्थान्तरण भएर बसेका छन् । उनीहरु बसेकै स्थानमा गएर सामसुङ केयर नेपालबाट प्राप्त भएको सहयोग हस्तान्तरण भएको हो । 

    गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामासहितको उपस्थितिमा स्थानियलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेकपा जुगलका इन्चार्ज जरा लामा, सह–इन्चार्ज रामचन्द्र मगर, अम्बिका नेपाल, अध्यक्ष पदम श्रेष्ठ, अनेरास्ववियू केन्द्रिय सदस्य रन्जित आचार्य लगायतको उपस्थिति थियो ।

    बुधवार, भाद्र १७ २०७७०९:३७:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार