बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेटौंडाको मोडेल अस्पतालमा सिलबन्दी

हेटौंडाको मोडेल अस्पतालमा सिलबन्दी

मेगा खबर संवाददाता

३, कार्तिक २०७९
  • 1.0K
    SHARES

  • हेटौंडाको मोडेल अस्पतालमा सिलबन्दी

    काठमाडाैँ,

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्ड विपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको  हेटौंडा मोडेल अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ ।

    अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले शल्यक्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले  बताए ।

    अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा  खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो ।

    अस्पताल सञ्चालकलाई  आवश्यक कागजातसहित १५ दिनभित्र  जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । 

    बिहिवार, कार्तिक ३ २०७९०४:१३:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार