सिन्धुपाल्चोकमा बुधबार बसेको ‘जिल्ला कोभिड– १९ क्राइसिस म्यानेज्मेन्ट समिति’को बैठकले यही भदौ १७ गते राति १२ बजे सम्मका लागि लगाइएको निषेधाज्ञा एक साता थप गरि भदौ २४ गते राति १२ बजे सम्मका लागि लम्ब्याएको हो ।
जिल्लाभरका स्थानीय तहसँग छलफल गरी निषेधाज्ञा थप गरिएको हो । बैठकले जिल्ला भित्रन निषेध गरिने निर्णय समेत गरेको छ । ‘जिल्ला प्रवेशविन्दूमा प्रवेश निषेध गर्ने निर्णय गरेका छौं’, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने– ‘अति आवश्यक कामको लागि प्रवेश गराउनुपर्ने भएमा सम्बन्धित पालिका÷वडाको लिखितपत्र पछि मात्र छिर्न दिने निर्णय भएको छ ।’
लिखितपत्र पछि पनि सम्बन्धित वडा अध्यक्षको जिम्मामा क्वारेन्टाईनमा राख्ने गरी प्रहरीलाई बुझाउनुपर्ने ढकालले जनाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।