बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आचारसंहिता विपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना,आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता विपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना,आयोगले सोध्यो स्पष्टीकरण

मेगा खबर संवाददाता

१, कार्तिक २०७९
  • 1.2K
    SHARES

  • आचारसंहिता विपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना,आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडाैँ,

    त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरीत करार सेवामा कर्मचारी भर्ना गर्न थालेको छ ।

    निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको छ । आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

    स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रूपमा हुने पदपूर्ति सम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने,भत्ता वृद्धि गर्ने लगायतका कुनै आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन? भन्ने प्रश्न समेत गरिएको छ ।

    होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ? भनी आयोगले स्पष्टीकरण सोधेको छ ।

    मंगलवार, कार्तिक १ २०७९०८:२३:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार