बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईईको परीक्षा चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता(सुचीसहित)

एसईईको परीक्षा चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता(सुचीसहित)

मेगा खबर संवाददाता

२७, आश्विन २०७९
  • 1.0K
    SHARES

  • एसईईको परीक्षा चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता(सुचीसहित)

    काठमाडाैँ,

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा यस वर्षको चैत दोस्रो हप्तादेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ । 

    नतिजा भने २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला प्रदेशपरीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । 

    यहि माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

    यसअघि बोर्डले कक्षा ११ र १२ को पनि वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा भने २०८० को वैशाख दोस्रो हप्तादेखि गर्ने गरी कार्यतालिका सार्वजनिक समेत गरेको थियो ।

    बिहिवार, आश्विन २७ २०७९०३:०३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार