काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने गेलुङ खोला विवाद अझै चर्किएको छ । १२ वर्षअघि साना जलविद्युत आयोजना निर्माण गर्ने योजना अनुसार बन्न लागेको यो हाइड्रोको विवाद अन्ततः जिल्ला अदालतसम्म पुगेको छ ।
निजी सम्पत्ति दुरुपयोग गरेको भन्दै सिन्धुपाल्चोकको चौतारासाँगा चोकगढी नगरपालिका–२ का बासिन्दा आन्दोलित छन् । पोल गाड्ने र तार विस्तारको काम सुरु भएपछि स्थानियले प्रतिकार नै गरेका थिए । सोमबार पुनः पोल गाड्ने काम हुन थालेपछि स्थानियहरु प्रतिकारमा उत्रिएका थिए ।
उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय जग्गाधनिलाई सल्लाह नै नगरी असहमति हुँदाुहुँदै गुण्डागर्दी शैलीमा तार विस्तारको काम भएको स्थानियहरुको आरोप छ । बन्न लागेको हाइड्रोपावरकोपोल गाड्ने क्षेत्रमा बस्ती नै पर्ने भएपछि स्थानियहरुले विरोध जनाइरहेका छन् । उनीहरुले स्थानिय तह, प्रहरी प्रशासन हुँदै जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।
आफूहरुको बस्ती जोखिममा परेर काम हुन थालेपछि धेरै विरोध गर्दापनि उल्टै राजनीतिक पहुँचका आधारमा पक्राउ गरिएको पीडित मध्येका एक गडुल बहादुर थापाले बताए । आफ्नो समस्याको समाधानका लागि पहल हुनुपर्नेमा उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर आफूहरुलाई पक्राउ गरिएको उनको भनाई छ ।
याे पनि:
यता, हाइड्रोपावर कम्पनीका संचालक चुर्णप्रसाद श्रेष्ठ भने जिल्ला प्रशासन कार्यालयको रोहवरमा प्रसारण लाइनको काम भइरहेको बताउँछन् ।
प्रभावित क्षेत्रका जग्गाधनि मध्येका एक लालबहादुर थापाले मेगाखबरसँग भने, ‘हाम्रो असहमति हुँदाहुँदै यहाँ तार विस्तारको काम भएको छ । हामीले जिल्ला प्रशासन कार्यालयमा समेत योबारे छलफलका लागि भनेका छौं । तर, यहाँ बलजफति रुपमा काम हुन थालेकोमा हाम्रो विरोध हो ।’
स्थानिय सरकार र प्रहरीको आडमा आफूहरुलाई धम्किपूर्ण भाषा समेत प्रयोग हुन थालेको स्थानिहरुले बताउन थालेका छन् । यो आयोजनाले हालसम्म प्रसारणलाइन निर्माणको अनुमति नै नपाएको विद्युत विकास विभागका इन्जिनियर समेत दुर्गा नारायण भुसाल बताउँछन् ।
यसरी अनुमतिविनै प्रसारण लाइनको काम हुँदा यो क्षेत्रमा ६० बढी घरहरु प्रभावित बनेका छन् । स्थानिय वडाध्यक्षलाई सम्पर्क गर्दा त्यसबारे कुनै प्रतिक्रिया नदिइएको स्थानियले बताएका छन् ।
५५ करोड लागतमा आयोजनाको निर्माण कार्य सुरु गरिएको भए पनि अहिले आयोजनाको लागत करिब ८० करोड रुपैयाँ पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।