बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

मेगा खबर संवाददाता

१२, आश्विन २०७९
  • 1.7K
    SHARES

  • अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

    काठमाडाैँ,

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा आयोगको हेटौंडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए ।  

    बुधवार, आश्विन १२ २०७९०८:४७:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार