काठमाडाैँ,
नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभरमा २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जसमा संक्रमितमध्येमा धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको छ । लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ । डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।