काठमाडाैँ,
डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमितमध्येमा सबैभन्दा बढी काठमाडौंमा छन् । काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ ।
काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार १० जिल्लामा मात्रै १९ हजार ७ सय २७ डेंगीबाट संक्रमित छन् ।
प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ जनामा डेंगी भेटिएको छ ।
देशभर डेंगी संक्रमण बढ्दो क्रममा रहेपछि महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गरिसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।