काठमाडाैँ,
कुनै प्राविधि समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा आउनेछ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।
नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।
आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिनेछ । नतिजा प्रकाशित भएको केही समयपछिबाट मात्रै हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधि समस्या नआए आजै नतिजा प्रकाशित गरिने बताएका छन् ।
जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक नन–ग्रेडिङ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको छ । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।