बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ उजुरी

मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ उजुरी

मेगा खबर संवाददाता

७, भाद्र २०७९
  • 1.4K
    SHARES

  • मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय  ३७ उजुरी

    काठमाडाै,

    देशभरका स्थानीय प्रशासनमा मिटरब्याजीविरुद्ध १९ सय ३७ वटा उजुरी परेको छ ।

    मिटर ब्याजबारे गृह मन्त्रालयले छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक सह–सचिव डा. भीष्मकुमार भुषालले बताए । यहि साउन २८ मा गठित कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य समेत रहेका छन् ।

    मिटरब्याजबाट पीडित भएको भन्दै सवैभन्दा धेरै उजुरी मधेशबाट सवैभन्दा धेरै उजुरी परेको छ । मधेशमा १३ सय ३० वटा उजुरी आएको कार्यदलका संयोजक डा. भीष्म कुमार भुषालले जानकारि दिए । लुम्बिनी प्रदेशमा २११ वटा र बागमती प्रदेशमा २ सय २ वटा उजुरी परेको छ ।

    प्रदेश–१ मा ९२ वटा, गण्डकी प्रदेशमा ३५, कर्णालीमा २२ र सुदुरपश्चिममा ४५ वटा उजुरी परेको छ । मिजरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै प्रधानमन्त्री देउवाले सो समस्या समाधान गर्न गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन समेत दिएका थिए । 

    मिटरब्याजको अवस्था र न्यूनीकरणको उपायबारे अध्ययन गर्न कार्यदलका सदस्यहरु फिल्डमा जाने भएका छन् । फिल्डमा गएर त्यसबारे अध्ययन गरेर प्रतिवेदन तयार गरिने संयोजक भुषालले जानकारी दिए । कार्यदललाई मन्त्रालयले १ महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ ।

     

    मंगलवार, भाद्र ७ २०७९०२:०५:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार