बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बच्चाको तौल बढाउन के खुवाउने ?

बच्चाको तौल बढाउन के खुवाउने ?

मेगा खबर संवाददाता

२७, श्रावण २०७९
  • 1.9K
    SHARES

  • बच्चाको तौल बढाउन के खुवाउने ?

    बालबालिकाका अभिभावक मोटोपनाका कारण चिन्तित छन् । कतिपय अभिभावकहरू पनि छन् जो आफ्नो बच्चाको तौल बढाउन धेरै प्रयास गरिरहन्छन् । बालबालिकाको तौल भने बढ्दैन । धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई विभिन्न प्रकारका प्रोटिन सप्लिमेन्ट दिन थाल्छन् ।

    सप्लिमेन्टको प्रयोग नगरीकनै तपाईंले प्राकृतिक रुपमा नै आफ्नो बच्चाको तौल बढाउन सक्नुहुन्छ । यसका लागि, तपाईंले आफ्नो बच्चाको आहारमा विभिन्न प्रकारका खानेकुराहरू समावेश गर्न सक्नुहुन्छ । कस्ता खानेकुराले बालबालिकाको तौल बढ्छ त भनेर भारतकी स्वस्थ आहार र पोषण क्लिनिकका आहारविद् डा सुगीता मुत्रेजाले यसबारे केही जानकारी दिएकी छिन् ।
    नन भेज खानेकुरा

    तपाईंको बच्चालाई मांसाहारी खाना मनपर्छ भने, तपाईंले कुखुराको मासु वा माछा पनि खुवाउन सक्नुहुन्छ । नन-वेज खुवाउँदा बच्चालाई आवश्यक सबै पोषक तत्वहरू प्राप्त हुन्छन् । यसले उनीहरुको तौल पनि बढ्न सक्छ । सूप, सलाद, पास्ता आदिमा ननवेज मिसाएर बच्चाहरूलाई दिन सक्नुहुन्छ । यसका साथै बच्चालाई तौल बढाउनका लागि दैनिक अण्डा पनि खुवाउन सकिन्छ ।

    फलफूल र तरकारी

    शरीरलाई आवश्यक धेरैजसो भिटामिन र खनिज फलफूल र तरकारीमा पाइन्छ । फलफूलमा एन्टिअक्सिडेन्ट पनि हुन्छ । यदि तपाईं आफ्नो बच्चाको तौल बढाउन चाहनुहुन्छ भने, उसको आहारमा फलफूल र तरकारीहरू थप्न सुरु गर्नुहोस् । केरा, आँप, किवी र अन्जीर जस्ता फलफूल बच्चालाई खुवाउन सक्नुहुन्छ । आलु पनि बालबालिकालाई खुवाउन सकिन्छ ।

    कालो चना

    कालो चनामा प्रोटिनको मात्रा धेरै हुन्छ । यदि तपाईंको बच्चा धेरै पातलो छ भने, तपाईंले चना खुवाउन सक्नुहुन्छ । यसका लागि कालो चना लिनुहोस्, त्यसलाई रातभर भिजाउनुहोस् । त्यसपछि त्यसलाई अंकुरित हुन छोडिदिनुहोस् । अंकुरित (टुसा उम्रेको ) चना दैनिक खुवाएमा बालबालिकाको तौल बढाउन सकिन्छ । बच्चालाई मनपर्छ भने तपाईं चनामा पनिर, बदाम र अन्य गेडागुडी पनि थप्न सक्नुहुन्छ ।

    बच्चाको तौल पनि कम छ भने, तपाईंले उसलाई ड्राई फ्रुट्स, चना, डेयरी उत्पादन र केरा खुवाउन सक्नुहुन्छ । यी सबैलाई नियमित आहारमा समावेश गर्नाले बच्चाले सबै भिटामिन, मिनरल्स र प्रोटिनहरू प्राप्त गर्नेछन् । उसको तौल पनि क्रमशः बढ्न थाल्छ ।

    शुक्रवार, श्रावण २७ २०७९०६:०५:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार