बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा

बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा

मेगा खबर संवाददाता

२०, श्रावण २०७९
  • 1.9K
    SHARES

  • बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा

     हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ ।

    दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ । जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ ।


    १, पाचनका लागि

    दैनिक बिहान खाली पेटमा दही खानु पाचन क्रियाका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै यसले पाचन सम्बन्धी समस्यालाई पनि हटाउँछ । दहीको सेवनले पेटलाई चिसो बनाउनुका साथै पेट सफा राख्छ ।

    २, प्रतिरक्षा बलियो बनाउन लाभदायी

    हरेक दिन बिहान खाली पेटमा दहीको सेवन गर्नु रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै फाइदाजनक मानिन्छ  किनभने दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । यसका साथै दहीमा धेरै पौष्टिक गुणहरू पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । साथै, यस्ता पौष्टिक तत्वहरुले शरीरलाई रोगहरूबाट बचाउन पनि मद्दत गर्छन्।

    ३ हड्डी बलियो बनाउन लाभदायी

    दैनिक बिहान खाली पेटमा दहीको सेवन गर्दा  हड्डी निकै मजबुत हुन्छ किनभने दहीमा भिटामिन डी, क्याल्सियम, प्रोटिन जस्ता गुण पाइन्छ, जसले हड्डीलाई बलियो बनाउन सघाउ पुर्याउँछ ।

    ४, तत्काल ग्लुकोज दिन्छ

    शरीरमा तुरुन्तै ग्लुकोज प्राप्त गर्नका लागि हरेक बिहान खाली पेटमा दहीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । बिहान खाली पेटमा दही खाँदा शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ, जसले तपाईंलाई दिनभर सक्रिय रहन मद्दत गर्छ ।

    शुक्रवार, श्रावण २० २०७९०६:३७:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार