बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आए

सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आए

मेगा खबर संवाददाता

१९, श्रावण २०७९
  • 1.0K
    SHARES

  • सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आए

    काठमाडाै,  सन् २०२२ को सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आएका छन् ।

    अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    जुलाईमा छिमेकी देश भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ जना पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ जना पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य देशबाट चार हजार एक सय ९५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । युरोपबाट नौ हजार एक सय २१, मध्य–पूर्वलगायत देशबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    कुन महिनामा कति पर्यटक भित्रिए?

    बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    बोर्डले छिमेकी देश भारत, बङ्गलादेशसहित एसिया, मध्य–पूर्वी एसियाका स्रोत बजारमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मक रूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किएको सङ्केत गरेको बताए ।

    उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियन लगायत देशबाट पर्यटक आगमन बढेको बताए ।

    बिहिवार, श्रावण १९ २०७९०६:०८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार