बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सुचीसहित)

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सुचीसहित)

मेगा खबर संवाददाता

१५, श्रावण २०७९
  • 1.8K
    SHARES

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सुचीसहित)

    काठमाडाै, माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले यहि भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरिएको छ । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्येमा परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिनेछन् ।

    परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था रहेको छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन् ।

    पहिलो दिन भने अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछन् । दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । ठूलो कोड भएको विषयको परीक्षा १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

    परीक्षा भने समय बिहान ८ देखि ११ बजेसम्म हुनेछन् । भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ । 

     

    आइतवार, श्रावण १५ २०७९०९:४८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार