काठमाण्डाै, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ ।
आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने समेत जनाएको छ ।
विद्यार्थीले त्यसका लागि भने शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा आउँदो साउन २७ गतेसम्म निवेदन दिन सक्नेछन् । बोर्डले बुधवार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी थिए ।
नतिजामा चित्त नबुझेका विद्यार्थीले निवेदन दिँदा प्रतिविषय पाँच सयका दरले रकम खातामा जम्मा गर्नुपर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।