बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई नतिजा बुधवार सार्वजनिक गर्ने तयारी, यसरी हेर्नस् नतिजा

एसईई नतिजा बुधवार सार्वजनिक गर्ने तयारी, यसरी हेर्नस् नतिजा

मेगा खबर संवाददाता

१०, श्रावण २०७९
  • 1.4K
    SHARES

  • एसईई नतिजा बुधवार सार्वजनिक गर्ने तयारी, यसरी हेर्नस् नतिजा

    काठमाण्डाै, २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधवार सार्वजनिक गर्ने तयारी भएको छ ।

    परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको यसपटकको मूल्याङ्कन अलग–अलग गरिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था छ ।

    नतिजा सार्वजनिक भएको एकदुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । सैद्धान्तिक र  प्रयोगात्मक यसअघि दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो भने परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९०  भन्दा  माथि ल्याउनेलाई  ‘ए’ प्लस  ग्रेड मानिने छ । जसलाई जीपीए ४ दिइनेछ ।

    ८० देखि ९० अङ्कसम्मकालाई  ‘ए’ ग्रेड  मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ भने  ७०  देखि  ८० अङ्कसम्मलाई  ‘बी’ प्लस  ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई  ‘बी’  ग्रेड  मानिनेछ  र  त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।

    ५०  देखि  ६० अङ्कसम्मकालाई  ‘सी’  प्लस  ग्रेड  दिइन्छ र  जीपीए  २ दशमलव ४  मानिनेछ ।  ४०  देखि  ५०  अङ्कसम्मकालाई  ‘डी’  प्लस  ग्रेड  मानिने  र  जीपीए २  दिइनेछ  । ३५ देखि  ४०  सम्मकालाई ‘डी’  ग्रेड मानिने र  जीपीए १ दशमलव ६ दिइनेछ । ३५ अङ्कभन्दा  तलकालाई  भने  ग्रेडमा  गणना  गरिने  छैन । यो  समूहमा  पर्ने विद्यार्थी एसईईपछि माथिल्लो  तहमा भर्नाका लागि अयोग्य मानिने छ  । परीक्षा नियन्त्रण कार्यालयले  यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन  गरेको  थियो ।

    परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा  www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर नतिजा थाहा पाउन सकिन्छ ।

    मंगलवार, श्रावण १० २०७९०९:५०:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार