बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरे

परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरे

मेगा खबर संवाददाता

४, श्रावण २०७९
  • 1.4K
    SHARES

  • परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरे

    मकवानपुरको हेटौडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका छन् । 

    हिजो स्नातक तहको दोस्रो वर्षको परीक्षा चलिरहेका बेला परीक्षामा गार्ड बसेकाले खानतलासीका नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका छन् । बिहानै केहीबेर तनाव भएपछि विद्यार्थी पक्ष र क्याम्पस प्रशासनबीच भएको वार्तामा विद्यालय प्रशासनले अबदेखि त्यस्ता कमजोरी हुन नदिने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अहिले अवस्था सामान्य भएको छ ।

    आजको स्नातक तहको दोस्रो वर्षको परीक्षा सञ्चालन भएको छ । हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप छ ।

    आज हेटौँडा क्याम्पस केन्द्रमा तनावका कारण हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा भने रोकिएको छ । भोलिदेखिका परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार नै हुने हेटौँडा क्याम्पसले जनाएको छ । 

    बुधवार, श्रावण ४ २०७९०३:००:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार