बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य

मेगा खबर संवाददाता

२८, आषाढ २०७९
  • 1.4K
    SHARES

  • पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य

    सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ ।

    लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन । 

    पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर' को प्रश्नपत्र  दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको 'प्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।

    त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको 'नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स' विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    मंगलवार, आषाढ २८ २०७९०६:४१:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार