बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहानै खाली पेटमा ग्रीन टी पिउनु सही हो कि गलत ?

बिहानै खाली पेटमा ग्रीन टी पिउनु सही हो कि गलत ?

मेगा खबर संवाददाता

२५, आषाढ २०७९
  • 1.9K
    SHARES

  • बिहानै खाली पेटमा ग्रीन टी पिउनु सही हो कि गलत ?

    अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् । डाइटिसियन तथा विज्ञ ग्रीन टी पिउँदा बडी डिटक्स हुने मान्यता राख्छन् ।

    आजकाल स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । धेरैलाई ग्रीन टी कहिले पिउने भनेर थाहा नै हुँदैन । कोहीले ग्रीन टी सुत्नुभन्दा अघि खानुपर्छ भन्छन् । कोहीले ग्रीन टीलाई साधारण चियाको सट्टामा प्रयोग गर्न सकिने पनि बताउँछन् र दिनमा २ वा ३ कप पिउन सकिन्छ भन्छन् ।

    बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो?

    धेरैलाई ग्रीन टी बिहान खानु हुन्छ कि हुँदैन भन्ने अन्योल हुन्छ । यसबारे ओन्लीमाई हेल्थले दिल्लीकी डायटिसियन श्रेया गर्गसँग कुराकानी गरेको छ । श्रेयाका अनुसार धेरैजसो मानिस अरुलाई हेरेर वा टिभीमा देखिने विज्ञापन हेरेर ग्रीन टी पिउन सुरु गर्छन् । यो पूर्ण रुपमा गलत हो । बिहान खाली पेटमा ग्रीन टीले सबैलाई फाइदा गर्छ भन्ने छैन । कतिले यो खाली पेटमा पचाउन सक्दैनन् । केहीलाई समस्या पनि देखिन सक्छ ।

    ग्रीन टी पिउने सही तरिका के हो?

    – एक अनुसन्धानका अनुसार ग्रीन टीमा टेनिक पाइन्छ । यदि खाना खानु १ देखि डेढ घण्टा अघि यसको सेवन गर्ने हो भने कब्जियत, पेट दुख्ने र पाचन सम्बन्धि समस्या निको पार्न मद्दत गर्न सक्छ ।

    – नास्ता गर्नु एक घण्टा अघि ग्रीन टी पिउन सकिन्छ ।

    – ग्रीन टी बिहान र बेलुका पिउँदा मेटाबोलिजम तीब्र हुन्छ र यसले तौल घटाउन मद्दत गर्न सक्छ ।

    – ग्रीन टीको स्वाद तितो हुन्छ त्यसैले यसमा धेरैले चिनी हालेर पनि पिउँछन् । यस्तो गर्दा तपाईंलाई यसको खासै फाइदा भने हुँदैन ।

    – एक दिनमा ३ देखि ४ कपभन्दा बढी ग्रीन टी नपिउनुहोस् ।

    – ग्रीन टीमा क्याफिन पाइन्छ । यदि तपाईंले यो बढी नै खानुभयो भने बान्ता हुने, रिँगटा लाग्नेजस्तो समस्या हुनसक्छ ।

    शनिवार, आषाढ २५ २०७९०६:१६:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार