बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यसअघि गरेका सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

यसअघि गरेका सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

  • 1.9K
    SHARES

  • यसअघि गरेका सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

    काठमाडाै, नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

    सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरे । नेपाल शिक्षक महासंघको यसअघि रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका छन् ।

    आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले हिजो विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग समेत गरेका छन् ।

    बुधवार, आषाढ ८ २०७९०९:५३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार