चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ ।
विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए ।
स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी, इन्जिनियरिङ, भाषा, विद्यावारिधि तथा सामान्य धारका विषयमा अध्ययनरत थिए । स्वदेश फिर्ता भएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनाको सूची तयार गरेर पुनः भिसा प्राप्तिको लागि आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रालयले आह्वान गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।