विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ ।
भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।
चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए ।
मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णहरी आचार्यलगायत वडा सदस्यलाई समेत बज्राचार्यले सो अवसरमा सम्मान गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।