बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे भन्दै चावाहिलकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थी आन्दाेलित

विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे भन्दै चावाहिलकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थी आन्दाेलित

शान्ता आचार्य

१०, जेठ २०७९
  • 2.5K
    SHARES

  • विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे भन्दै चावाहिलकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थी आन्दाेलित

    विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे भन्दै चावाहिलकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थी आन्दाेलित भएका छन् । 

    आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाए ।कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरे ।

    कलेजका कोअर्डिनेटर रहेका अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट परिदिने सम्मको धम्की दिइएको विद्यार्थीहरूले दाबी गरेका छन् । कोअर्डिनेटर अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप छ । 

    किशोरीले विद्यालय जाँदा स्कर्ट लगाउँदा पनि स्कर्टका सम्बन्धमा अश्लील र भद्दा कमेण्ट गर्ने गरेको र फेसबुकमार्फत पनि बारम्बार यौन हिंसा गरेको विद्यार्थीले आरोप लगाएका छन् । माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीहरूले ती शिक्षकलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिइरहेका छन् ।

    मंगलवार, जेठ १० २०७९११:३५:०५
    सम्बन्धित समाचार