बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वरिष्ठ अधिवक्ता सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

वरिष्ठ अधिवक्ता सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

  • 2.3K
    SHARES

  • वरिष्ठ अधिवक्ता सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

    वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

    उनले आज विहान ०७।३० बजे  सगरमाथाको चुचुरोमा पुगेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोत सम्बन्धी कानुनमा स्नातकोत्तर उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् ।

    अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन् ।

    सोमवार, जेठ २ २०७९०२:४८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार