राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबार समेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले शनिबार विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका छन् ।
आफूहरुसँग परामर्श नगरी एक पक्षीय रुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग विज्ञप्तिमा बताइएको हो ।
सरकारले आउँदो जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।