बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन

तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन

मेगा खबर संवाददाता

३१, बैशाख २०७९
  • 1.5K
    SHARES

  • तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन

    इन्टिमेसीले सम्बन्धलाई थप बलियो बनाउँछ । तर धेरै मानिस यस्ता छन् जसले आफ्नो यौन जीवनमा विभिन्न खालका समस्याको सामना गर्नुपर्छ । यसको पछाडि तपाईंका केही बानी पनि जिम्मेवार हुन्छन् ।

    कुनै पनि वैवाहिक सम्बन्धमा प्रेम, विश्वासका साथै इन्टिमेसी हुनु पनि अत्यन्त आवश्यक छ । आज तपाईंका त्यस्ता बानी बारे कुरा गरौँ जसले तपाईंको यौन इच्छामा नकारात्मक असर पार्ने गर्छन् ।

    असाध्यै धेरै नुनको सेवनः

    दैनिक असाध्यै धेरै नुनको सेवन गर्दा तपाईंको रक्तचाप बढ्ने र्छ । रक्तसञ्चार बढ्दा तपाईंको यौनइच्छा कम हुनसक्छ । डिब्बामा बन्द गरिएका खानेकुरामा सोडियमको मात्रा निकै धेरै हुन्छ । त्यसैले यस्ता खानेकुराबाट जोगिनुहोस् ।

    गलत चिज खानुः

    तपाईंलाई जङ्क फुड खान असाध्यै धेरै मनपर्छ भने तपाईंले आफ्नो शरीरलाई कार्ब्स, स्याचुरेटेड र ट्रान्स फ्याटले भर्नुहुन्छ । यसले रक्तसञ्चार पनि निकै ढिलो गरी हुने गर्छ साथै यस्ता खानाले इन्टिमेसीका बेला तपाईंलाई गाह्रो पनि पार्न सक्छ । तपाईंले यस्ता खानाको साटो फलफूल, सागसब्जी र प्रोटिनयुक्त चिजको सेवन गर्नुहोस् । स्वस्थ खानाले शरीरमा ऊर्जा प्रदान गर्छ ।

    सधैँ तनावमा रहनुः

    यदि तपाईंलाई कुनै कुराले लामो समयसम्म तनाव दिइरहेको छ भने यसले तपाईंको स्वास्थ्यमा प्रतिकुल अस पार्छ साथै तपाईंलाई इन्टिमेट हुन पनि खासै मन लाग्दैन । यदि तपाईं आफ्नो यौन जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने तनावबाट टाढै रहनुहोस् र आफ्नो समस्याको छिट्टै समाधान पनि गर्नुहोस् ।

    तौल बढ्नुः

    यौन जीवनलाई उत्कृष्ट बनाउन चाहुनुहन्छ भने तपाईंले आफ्नो बढिरहेको तौललाई कम गर्नुहोस् । बढेको तौलले तपाईंहरु दुबैजनालाई फाइदा पुर्याउँदैन । विशेषगरी यसले पुरुषलाई धेरै नै समस्यामा पार्ने गर्छ । एक अनुसन्धान अनुसार जुन पुरुषको कम्मर ४० इन्चभन्दा बढी छ भने उनीहरुमा बाँझोपनको समस्या देखिन सक्छ ।

    एक–अर्कासँग खुलेर कुरा नगर्नुः

    यदि तपाईंलाई आफ्नो यौनजीवनमा केही समस्या भइरहेको छ जस्तो लाग्छ वा कुनै कुराले तनाव दिइरहेको छ भने यसको हल निकाल्नका लागि पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । यदि तपाईं यसबारे कुरा गर्न हिच्किचाउनुहुन्छ भने यसको असर तपाईंहरु दुबैजनामाथि पर्नेछ ।

    शनिवार, बैशाख ३१ २०७९१०:२९:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार