बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने

स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने

मेगा खबर संवाददाता

२६, बैशाख २०७९
  • 1.9K
    SHARES

  • स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने

    स्थानीय तहको चुनावमा ३ दिन विद्यालय विदा हुने भएको छ ।

    मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरे ।

    सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो ।

    शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाका अनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने भएको छ ।

    ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र हिजो गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय भएकाले र जेठ २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने समेत भएको छ ।

    सोमवार, बैशाख २६ २०७९११:३५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार