बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

मेगा खबर संवाददाता

२२, बैशाख २०७९
  • 2.2K
    SHARES

  • सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

     सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ ।

    नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।

    चीनले अहिले राखेको मौसम विज्ञान केन्द्र आठ हजार ८३० मिटरको उचाइमा राखिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनले विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको मौसम केन्द्र भएको दाबी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    बिहिवार, बैशाख २२ २०७९०७:०८:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार