राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिए ।
देशका विभिन्न विद्यालयहरूमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको भन्दै बोर्डले उक्त कार्य सम्पन्न भए पश्चात् “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बर सहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने एक सूचना मार्फत जनाएको छ ।
बोर्डले तोकेको मापदण्ड अनुरुप जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ । जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी तेस्रो हप्तादेखि सञ्चालन गर्न सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।