बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै

बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै

मेगा खबर संवाददाता

२, बैशाख २०७९
  • 2.1K
    SHARES

  • बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै

    बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

    छिमेकी मुलुक भारतमा कागतीको मूल्य बढेपछि त्यसको असर यहाँ परेको व्यवसायीले बताए । कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । गत वर्ष यो अवधिमा कागतिको थोक मूल्य प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रूपैयाँसम्म थियो । अन्य बेला भने कागती एक सय १० देखि एक सय ५० रूपैयाँ किलोसम्म कारोबार हुने गरेको तथ्यांकले देखाएको छ । 

    भाउ महँगिएपछि दाना किन्नेका लागि कागती झनै महँगो पर्न थालेको छ । चाबहिल बजारमा तरकारी किन्दै गरेकी कविता नेपालले भनिन्, 'कागती त छोइनसक्नु भएको छ । पहिले १० रूपैयाँमा ३-४ वटासम्म पाइन्थ्यो । अहिले साना दुइटालाई ५० रूपैयाँ लाग्छ । 

    चाबहिल बजारकै कागती व्यापारीका अनुसार दाना आकारका आधारमा बिक्ने गरेको छ । साना दाना दस वटाको ५० रूपैयाँ तोकिएको छ भने मध्यम दाना ६ वटाको ५० रूपैयाँ तोकिएको छ । कागतीको भाउ उक्लेको धेरै भएको छैन । कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार एक महिनाअघिसम्म कागती किलोको डेढदुई सय रूपैयाँसम्म बिक्री समेत हुन्थ्यो ।

    भारतमा कागतीको भाउ बढेकैले नेपालमा असर देखिएको श्रेष्ठको भनाइ छ । नेपालमा कागतीको उत्पादन मौसमी छ । अहिले आउने कागती सबै भारतकै छ । भारतमा नै भाउ बढेकाले यहाँ पनि बढेको हो,श्रेष्ठले भने ।

    काठमाडौंको कागती बजार भारतमै निर्भर छ । इन्डिया टुडेका अनुसार दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेकाले बढेको ढुवानी खर्च र धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा पुर्‍याएको क्षतिका कारण कागती भाउ बढेको बताइएको छ।

    शुक्रवार, बैशाख २ २०७९०६:४६:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार