बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हिमाल आरोहणमा ७४ आरोही समूहलाई अनुमति

हिमाल आरोहणमा ७४ आरोही समूहलाई अनुमति

मेगा खबर संवाददाता

१, बैशाख २०७९
  • 1.5K
    SHARES

  • हिमाल आरोहणमा ७४ आरोही समूहलाई अनुमति

    सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

    पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका छन् ।

    सगरमाथा (८८४८।८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।

    अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक, आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

    मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ३३ करोड बढी रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ । 

    बिहिवार, बैशाख १ २०७९०५:१७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार