बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अमला खानुको यस्ता छन् फाइदाहरू, यि रोगबाट जोगिनुस्

अमला खानुको यस्ता छन् फाइदाहरू, यि रोगबाट जोगिनुस्

मेगा खबर संवाददाता

२९, चैत्र २०७८
  • 2.0K
    SHARES

  • अमला खानुको यस्ता छन् फाइदाहरू, यि रोगबाट जोगिनुस्

     स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्रिय फल हो । 
    अमला भिटामिन सीको ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ । 

    भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ । महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । 

    अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पुर्याउँछ । अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ । 

    अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ । यो नियमीत रुपमा खानाले शरीर बलियो फूर्तिलो समेत हुन्छ ।

    अमलाका फाइदा: 

    १, यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।

    २, भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट मुक्ति दिलाउँछ ।

    ३, नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । साथै रगत सफागर्ने काम गर्छ ।

    ४,अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ ।

    ५, अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।

    ६,नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

    ७,नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।  

    ९, अमलाको सेवनले रुघाखोकी निको हुन्छ ।

    मंगलवार, चैत्र २९ २०७८०५:३९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार